काठमाडौं- पुरुष भलिबल फ्रेन्चाइज लिग नेपाल भलिबल लिग (एनभिएल)ले ’एक्स्ट्रिम इनर्जी ड्रिंक’ सँग मुख्य प्रायोजक सम्झौता गरेको छ ।


ADVERTISEMENT


बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमकाबीच केडिया ग्रुपको नेपाल भलिबल लिगले ’एक्स्ट्रिम इनर्जी ड्रिंक’ सँग कम्तीमा ३ वर्षको मुख्य प्रायोजक सम्झौता गरेको हो ।


ADVERTISEMENT

# # #


तीन वर्षका लागि नगद सम्झौता करिब पौने ३ करोड रहेको नेपाल भलिबल लिगका प्रमुख कार्यकारी अधिकृत सन्तोष उपाध्यायले जानकारी दिएका छन् ।

उनले प्रतियोगीताका लागि भलिबल संघले सुरुमा भदौ ४ देखि १३ सम्मको मिति उपलब्ध गराएपनि कभर्ड हलको उपलब्धता तथा प्राविधिक व्यवस्थापनका कारण प्रतियोगितालाई एक हप्ता पछाडि सारिएको बताएका छन् ।

एनभिएल भदौ १९ देखि २७ गतेसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को बहुउद्देश्यीय कभर्डहलमा सञ्चालन हुनेछ । एनभिएलको पहिलो संस्करणमा ६ फ्रेन्चाइज टोली सहभागी हुनेछन् ।