काठमाडौँ – प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार तथा विकास समितिले खानेपानी मन्त्रालयमा भएको आगलागीको निरीक्षण गरेको छ ।


ADVERTISEMENT


आइतबार समितिका सभापति दिपक बहादुर सिंह नेतृत्वको समितिको टोलीले खानेपानी मन्त्रालयमा भएको आगलागीको स्थलगत निरिक्षण गरेको हो । समितिलाई खानेपानी मन्त्री प्रदीप यादवले आगलागीको घटना र क्षतिका बारेमा जानकारी गराएका थिए ।


ADVERTISEMENT

# # #


समितिका सभापति दिपक बहादुर सिंहले यस घटनाले पाठ सिकाएको बताउँदै अब यस्ता घट्ना दोहोरिन नदिन सबै सचेत हुनुपर्ने बताए । उनले निरक्षणका क्रममा कार्यालयका कागजपत्रमा कुनैपनि क्षति नपुगेको समेत बताए ।

सिंहदरवारस्थित खानेपानी मन्त्रालयमा शनिबार बिहान आगलागी भएको थियो । प्रारम्भिक अनुसन्धानमा विद्युतीय तार सर्ट भएर आगलागी भएको हुन सक्ने देखिएको छ ।