काठमाडौँ – ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको आर्थिक सहयोगमा दार्चुला जिल्लाको नौगाड गाउँपालिकास्थित इयरकोट स्वास्थ्य चौकी भवनको उद्घाटन भएको छ ।


ADVERTISEMENT


भारतीय सहयोगमा २.५३६ करोड नेपाली रुपैयाँको लागतमा निर्मित उक्त स्वास्थ्य चौकी भवनको शनिबार नौगाड गाउँपालिकाका अध्यक्ष दलजीत सिंह धामी र काठमाडौँस्थित भारतीय राजदूतावासका काउन्सिलर अविनाश कुमार सिंहले संयुक्त रूपमा उद्घाटन गरेका हुन् । उक्त कार्यक्रममा राजनीतिक प्रतिनिधि, सरकारी अधिकारी र सामाजिक कार्यकर्ताहरूको पनि उपस्थिति थियो ।


ADVERTISEMENT

# # #


‘नेपाल–भारत विकास सहयोग’ अन्तर्गतको भारत सरकारको अनुदान स्वास्थ्य चौकी भवन र अन्य सम्बद्ध सुविधाहरूको निर्माणमा प्रयोग गरिएको थियो । यो परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआइसीडीपी) को रूपमा लिइएको थियो । दार्चुलाको नौगाड गाउँपालिका मार्फत कार्यान्वयन गरिएको थियो ।

दार्चुलास्थित नौगाड गाउँपालिकाका अध्यक्ष र अन्य सरोकारवालाहरूले नेपालका जनताको उत्थानमा भारत सरकारले गरेको निरन्तर विकास सहयोगको प्रशंसा गरे । निर्माण गरिएको पूर्वाधार दुर्गम क्षेत्रका स्थानीयहरूलाई स्वास्थ्य सेवा सुविधा प्रदान गर्न उपयोगी हुनेछ ।

स्वास्थ्य सेवाको प्रवाहमा सुधार गर्न मद्दत गरी स्वास्थ्य चौकी भवनले नेपालको सुदूरपश्चिम क्षेत्रमा स्वास्थ्य क्षेत्रको समग्र विकासमा पनि योगदान पुर्‍याउनेछ । यस परियोजनाबाट १५ हजार भन्दा बढी मानिसहरू लाभान्वित हुने अपेक्षा गरिएको छ ।