काठमाडौँ – सरकारले सामाजिक सञ्जाल सम्बन्धी विधेयक राष्ट्रिय सभामा पेश गरेको छ ।


ADVERTISEMENT


आइतबार बसेको बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले सामाजिक सञ्जाल विधेयक २०८१ पेश गरेका हुन् । उनले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित, सुरसक्षत र मर्यादित बनाउनका लागि विधेयक ल्याइएको जानकारी दिए ।


ADVERTISEMENT

# # #


सामाजिक सञ्जालको सही तवरले प्रयोग गरि सामाजिक सद्भाव, सांस्कृतिक सहिष्णुता र सुशासन प्रवद्र्धन गर्न सामाजिक सञ्जाल सञ्चालक र प्रयोगकर्तालाई जिम्मेवार तथा जवाफदेही बनाइ सामाजिक सञ्जालको प्रयोगलाई मर्यादित बनाउन खोजिएको उनले बताए ।

त्यस्तै बैठकमा पानीजहाज सञ्चालन तथा व्यवस्थापन विधेयक २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत भएको छ ।राष्ट्रिय सभाको अर्को बैठक सोमबार बोलाइएको छ ।