इलाम– इलाममा आफ्नै बाबुको हत्या गर्ने ६ जना पक्राउ परेका छन् । चार जना व्यक्ति खटाएर आफ्नै बाबुको हत्या गरेको आरोपमा छोराबुहारीसहित ६ जना पक्राउ परेका हुन् ।


ADVERTISEMENT


पक्राउ पर्नेहरुमा २९ वर्षीय मंगेश भन्ने एडवर्ड राई, २६ वर्षीय मालती तामाङ, २४ वर्षीय सुमन भन्ने नबिन कुमार राई, २६ वर्षीय निशान राई, २० वर्षीय राजीव राई र २३ वर्षीय दिवस राई रहेका छन् ।


ADVERTISEMENT

# # #


यो समूहले सुर्योदय–११ का ५१ वर्षीय धनराज राईको हत्या गरेको आरोप छ । पक्राउ परेकामध्ये एडवर्ड र मालती धनराजका आफ्नै छोराबुहारी हुन् । उनीहरूकै योजना र निर्देशनअनुसार बाँकी चार जनाले धनराजको हत्या गरेको इलामका डीएसपी मानबहादुर राईले बताए ।

बाबुसँग विवाद भएपछि करिब ८ महिना पहिलेदेखि छोराबुहारी छुट्टै बस्दै आएका थिए । हत्याको एक साता अघि पनि अम्रिसो बेच्ने विषयमा छोराबुहारी र बाबुबीच विवाद भएको अनुसन्धानका क्रममा खुलेको छ ।

घटनाको सुक्ष्म अनुसन्धानबाट राईको हत्या भएको तथ्य खुलेको सोही दिन विभिन्न स्थानमा लुकि छुपि बसेको अवस्थामा अभियुक्तहरुलाई पक्राउ गरी जिल्ला अदालत उपस्थित गराइएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, उनीहरुविरुद्व कर्तव्य ज्यान सम्बन्धी कसुर मुद्दामा अदालतले ८ दिनको म्याद थप अनुसन्धान गरेबमोजिम थप अनुसन्धान भइरहेको छ ।