काठमाडौँ– नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सामाजिक सञ्जाल प्रयोगकर्ताको पहिचान खोज्ने काम राज्यको नभएको बताएका छन् ।


ADVERTISEMENT


सामाजिक सञ्जाल विधेयकका बिषयमा बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा शर्माले सरकारले सामाजिक सञ्जालको सहि प्रयोग भएको छ छैन भन्नेमा ध्यान दिनुपर्ने भन्दै सामाजिक सञ्जाल प्रयोगकर्ताको पहिचान खोज्ने काम राज्यको नभएको बताएका हुन् ।


ADVERTISEMENT

# # #


विधेयकमा रहेको केहि दफाहरुमा आफुहरुको आपत्ति रहेकाले यसलाई जस्ताको जस्तै अघि बढाउन नहुने उनले जनाए । सामाजिक सञ्जाल विधेयक, २०८१ मा प्रस्तावित व्यवस्था परिमार्जन गरेर मात्रै पारित गरिने उनले स्पष्ट पारे ।

उनले सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले यसको प्रयोग गरिरहखा मर्यादाको सन्दर्भमा बहसमार्फत परिमार्जन गर्न जरुरी रहेको धारणा राखे ।