काठमाडौँ– सांसदहरुले व्यापार सहजीकरणका लागि भन्सार प्रशासन चुस्त बनाउने गरि भन्सार सम्बन्धी विधेयकलाई अघि बढाउनुपर्ने सुझाव दिएका छन् ।


ADVERTISEMENT


बुधबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा अन्तर्गतको अर्थ समिति बैठकमा भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको बारेमा संशोधनकर्तासंगको छलफलका क्रममा उनीहरुले भन्सार क्षेत्रमा देखिएका समस्या हुने र भन्सार प्रशासनलाई चुस्त बनाउने गरि भन्सार सम्बन्धी विधेयकलाई अघि बढाउनुपर्ने सुझाव दिएका हुन् ।


ADVERTISEMENT

# # #


सांसद सुनिता बरालले प्रचलित कानूनमा अस्पस्टता भइ देखिएका समस्या समाधान गर्ने बाटो खुला गर्नुपर्ने धारणा राखिन् । भन्सार क्षेत्रमा कामको वर्गिकरणको मुद्दालाई पनि विधेयकमार्फत नै टुङ्गाउनुपर्ने उनले बताए ।

त्यस्तै सांसद बिराजभक्त श्रेष्ठले भन्सार क्षेत्रमा देखिएका कानूनी अड्चन हटाउन सके भन्सार क्षेत्रमा देखिएका वेथिती अन्त्य हुने बताए ।

बैठकमा ६ जना संशोधनकर्ता सांसदहरुले आफ्नो संशोधन प्रस्तुत गरेका थिए । व्यापार सहजीकरणका लागि भन्सारसँग सम्बन्धित प्रावधानहरुलाई समयसापेक्ष परिमार्जन गर्न सरकारले उक्त विधेयक ल्याएको हो ।