काठमाडौँ– राष्ट्रिय यु–२० महिला रग्बी सेभेन्स च्याम्पियनसिप फागुन ६ र ७ गते काठमाडौंमा आयोजना हुने भएको छ ।


ADVERTISEMENT


नेपाल महिला रग्बी क्लबले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै भक्तपुरस्थित मध्यपुर युथको मैदानमा हुने च्याम्पियनसिप ६ प्रदेश र दुई क्लब गरी ८ टिम सहभागी हुने जानकारी दिएको हो ।


ADVERTISEMENT

# # #


सुदूरपश्चिम, कर्णाली, गण्डकी, मधेश, कोशी र बागमती प्रदेश तथा आयोजक नेपाल महिला रग्बी क्लब र हिमालयन टाइगर रग्बी क्लबलेप्रतियोगितामा सहभागी जनाउने नेपाल महिला रग्बी क्लबकी अध्यक्ष एलिसा थापाले जानकारी दिए ।

सहभागी टिमलाई दुई समूहमा विभाजन गरेर लिग कम नकआउटका आधारमा प्रतियोगिता सञ्चालन गरिनेछ । समूहका शीर्ष दुई टिमले नकआउट चरणमा स्थान बनाउने उनले बताए । प्रतियोगिताको विजेता टिमलाई ट्रफी, मेडल सहित ५० हजार रुपैयाँ नगद र उपविजेता टिमलाई ट्रफी,मेडल सहित ३० हजार रुपैयाँ पुरस्कार राशी राखिएको अध्यक्ष थापाले जानकारी दिए ।

उमेर समूहको खेलाडीलाई एक्सपोजर प्रदान गर्न र दशौं राष्ट्रिय खेलकुदको तयारीलाई सघाउ पुर्याउने उदेश्यले प्रतियोगिताको आयोजना गरेको क्लबले जनाएको छ ।