काठमाडौँ– स्वास्थ्यमन्त्री प्रदीप पौडेलले स्वदेशी औषधी उत्पादनलाई राज्यले प्रोत्साहन गर्ने बताएका छन् ।


ADVERTISEMENT


आइतबार काठमाडौंमा नेपाल औषधी थोक व्यवसायी महासंघको दोश्रो राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै मन्त्री पौडेलले स्वदेशी औषधी उत्पादकले अधिकतम रुपमा नागरिकलाई सहूलियत दिनुपर्ने भन्दै राज्यले पनि स्वदेशी औषधी उत्पादनलाई राज्यले प्रोत्साहन गर्ने बताएका हुन् ।


ADVERTISEMENT

# # #


उनले आफुले पद सम्हालेपछि औषधी क्षेत्रमा सुशासन कायम गर्न लागिपरेको उल्लेख गरे । जेनरिक औषधीको गुणस्तरीयता सुनिश्चितता भए नेपालमा जेनरिक औषधी लागू गर्न सकिने उनले जनाए । मन्त्री पौडेलले बिभिन्न ९८ वटा औषधीहरुको गुणस्तरीयता कायम भएन भने बिक्रि बितरण रोक्ने चेतावनी दिए । औषधीको बिक्रिबितरणमा ३०० प्रतिशतसम्म नाफा खाने कामलाई नियमन गरेर नियन्त्रण गर्ने उनको भनाई छ ।

उनले स्वास्थ्य बीमाको खर्च तोकिएको भन्दा बढि खर्च देखिएको भन्दै तिर्न सक्ने अवस्थामा नरहेको जनाए । बीमाको खर्च प्राप्त गर्न अस्पतालले बिरामीलाई अनावश्यक परिक्षण गर्न लगाएको र अनावश्यक औषधी खरिद गर्न लगाएकाले अव्यवस्थीत देखिएको उनको भनाइ छ ।