डा. प्रशान्त अधिकारी


ADVERTISEMENT


स्कोलियोसिस मेरुदण्डको असामान्य बाङ्गो देखिने अवस्था हो। जुन रोगको शुरुवाती चरणमा सजिलै पहिचान हुँदैन। यो सामान्यतया बच्चाहरुमा हुन्छ, तर वयस्कहरुलाई पनि असर गर्न सक्छ।


ADVERTISEMENT

# # #


विगत दुई महिनामा ह्याम्स अस्पतालमा स्कोलियोसिसको सफल शल्यक्रिया भएका दुई बिरामीहरुको नतिजा प्रस्तुत गर्न पाउँदा हामी गौरवान्वित छौं । दुवै बिरामीहरु आफ्नो जीवनको गुणस्तर, हिँडाईडुलाई र समग्र स्वास्थ्यलाई असर गर्ने महत्वपूर्ण मेरुदण्डका समस्याहरु लिएर आएका थिए ।

सम्पूर्ण परीक्षण तथा उपचार योजना पश्चात, पूर्व योजना तथा सावधानीका साथ शल्यक्रिया गरियो । शल्यक्रिया पश्चात दुवै बिरामीहरुले उल्लेखनीय सुधारहरु अनुभव गरे । शल्यक्रिया पश्चात बिरामीहरुले मेरुदण्डको दुखाई एकदम कम भएको र आफ्नो शरीरको अन्य समस्यामा सुधार आएको विचार व्यक्त गरेको छन् । शारीरिक तन्द्रुरुस्ती मात्र होईन मानसिक र भावनात्मक स्वास्थ्यमा पनि बिरामीलाई ठूलो सुधार भएको छ । उनीहरुका परिवारले आफ्ना प्रियजनको जीवनमा आएको सकारात्मक परिवर्तन देखेर अपार कृतज्ञता व्यक्त गरेका छन् ।

हामी ह्याम्स अस्पतालमा स्कोलियोसिस भएका बिरामीहरुको लागि उत्कृष्ट सेवा तथा हेरचाह प्रदान प्रतिवद्ध छौं । हामीले स्कोलियोसिस भएका बिरामीहरुको निदान, अस्पताल बसाई र शल्यक्रिया शुल्क छुट प्रदान गर्ने विशेष योजना ल्याएका छौं । यो पहल उच्च गुणस्तरको शल्यक्रियात्मक सेवालाई थप पहुँच योग्य र किफायती बनाउनको लागि ल्याईएको हो । आर्थिक विपन्नता भएका बिरामीहरुले समेत यो उच्चस्तरीय सेवाबाट फाईदा लिएर स्वास्थ्य जीवनयापन गर्न पाउन भन्ने हाम्रो उद्देश्य तथा लक्ष्य हो । स्वास्थ्य सेवा अति सम्वेदनशील सेवा भएको हुनाले हामीले सामाजिक उत्तरदायित्वलाई मध्यनजर गरी यो सहुलियत सेवा प्रदान गर्दै आईरहेका छौं ।

हामीले देशमा विभिन्न विकट स्थानबाट आउने विपन्न नागरिकहरुलाई सामान्य शैयामा पूर्णछूट तथा अस्पतालद्वारा प्रदान गरिने अन्य सेवामा विशेष छुट समेत दिदै आईरहेका छौं । यसले गर्दा सामान्य आर्थिक अवस्था भएका बिरामीहरुले समेत विशिष्ठ स्वास्थ्यसेवाको सुनिश्चितता पाएका छन् ।

यस अस्पतालले नेपाल सरकारको विपन्न नागरिक औषधि उपचार सम्वन्धि आर्थिक सहायता कार्यविधि निर्देशिका बमोजिम मुटूरोगको उपचार गर्दै आईरहेकोमा स्पाइनल इन्जुरीको बिरामीको पनि सहुलियत दरमा सेवा प्रदान गर्ने उदेश्यले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा सूचिकरणको लागि निवेदन दिईसकेको तथ्य पनि जानकारी गराउँन चाहन्छौं । सूचिकृत भए लगत्तै स्पाईनल ईन्जुरीका बिरामीलाई “विपन्न नागरिक सहुलियत” अनुरुप थप सेवा प्रदान गरिने पनि जानकारी गराउँन चाहान्छौं ।

स्कोलियोसिस जस्तो जटिल समस्याको सफलता पूर्वक शल्यक्रिया सम्पन्न गर्न पाउँदा हामी अत्यन्त्यै खुशी छौं । बिरामी तथा उहाँहरुको परिवारबाट पाएको सकारात्मक प्रतिकृया तथा आभारले हामीलाई यस जटिल रोगको उपचारमा अहोरात्र खट्न अझै प्रेरित गरेको छ । स्कोलियोसिसबाट पिडित सम्पूर्ण वर्गका बिरामीहरुको उपचारमा हामी सदैव जुटिरहने छौं ।