काठमाडौँ– नेपाल बीमा प्राधिकरणको सञ्चालक समितिको अध्यक्ष पदका लागि आवेदन दिएकाहरुमध्ये ५ जना सर्टलिष्टमा परेका छन्।
प्राधिकरणको अध्यक्ष नियुक्तिका लागि गठित सिफारिस समितिले कूल १२ जना आवेदक मध्येबाट छनौट समितिले पाँच जनाको नाम सार्वजनिक गरेको हो ।
सर्टलिष्टमा पर्नेहरुमा कमल प्रसाद रेग्मी, चिरन्जिवी चापागाई, दामोदर बसौला, रामशरण पुडासैनी र सरद ओझा रहेका छन् ।
रेग्मी प्राधिकरणकै निर्देशक हुन् भने चापागाई प्राधिकरणका पूर्व अध्यक्ष हुन् । त्यसैगरी, बसौला नेपाल स्वास्थ्य बीमा बोर्डका निवर्तमान प्रमुख कार्यकारी अधिकृत हुन् भने पुडासैनी पूर्व सचिव हुन् । उनी हाल कृषि विकास बैंकको अध्यक्षको जिम्मेवारीमा छन् । ओझा पूर्व पत्रकार हुन् ।
समितिले सर्टलिष्टमा परेकाहरुलाई फागुन १० गते प्रस्तुतिकरण र अन्तरवार्ताका लागि सिंहदरबारस्थित अर्थ मन्त्रालयमा बोलाएको छ।