काठमाडौँ – नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले जलवायु परिवर्तनका क्षेत्रमा गैर सरकारी संस्थाहरुले काम गर्नुपर्नेमा जोड दिएका छन् ।


ADVERTISEMENT


नेपाली कांग्रेस, गैर सरकारी संस्था समन्वय विभागले सोमबार ललितपुरमा आयोजना गरेको कार्यक्रममा सभापति देउवाले जलवायु परिवर्तनले नेपालमा धेरै असर पारेको भन्दै यस क्षेत्रमा गैर सरकारी संस्थाहरुले काम गर्नुपर्नेमा जोड दिनएका हुन् ।


ADVERTISEMENT

# # #


जलवायु परिवर्तनका कारण हिमालहरु नाङ्गिन थालेकोले यसको बारेमा गैरसरकारी संघसंस्थाहरुले सामुदायिक सचेतनादेखि व्यक्तिगत पहलकदमी गर्न जरुरी रहेको उनको भनाइ छ ।

सभापति देउवाले स्थानीय नागरिकको आवश्यकताका आधारमा गैर सरकारी संस्थाहरु केन्द्रीत हुनुपर्ने धारणा पनि राखे । कांग्रेसले आगामी दिनमा गैर सरकारी संस्थाहरुको भूमिकालाई प्रभावकारी बनाउन र वैदेशिक सहायतालाई स्थानीयको आवश्यकतामा परिचालन गर्न नीतिगत व्यवस्थामा ध्यान दिने उनले बताए ।

सभापति देउवाले नेपालको सामाजिक विकासमा गैरसरकारी संघसंस्थाहरुले महत्वपूर्ण भूमिका खेलेको पनि बताए ।