काठमाडौँ – रास्वपा सांसद सुमना श्रेष्ठले भारतमा नेपाली विद्यार्थीको रहस्यमय मृत्यु भएको घटनाको अनुसन्धानका लागि कुटनीतिक पहल गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
प्रतिनिधिसभाको सोमबारको बैठकको आकष्मिक समयमा बोल्ने समय नपाएपछि संसद भवन बाहिर सञ्चारकर्मीसंग कुरा गर्दै सांसद श्रेष्ठले उक्त घटनाको छानविनका लागि कुटनीतिक पहल गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।
उनले प्रधानमन्त्री, परराष्ट्र र शिक्षामन्त्रीको ध्यानाकर्षण गराउँदै उक्त घटनाका विषयमा बुझ्न पहल गर्नुपर्ने उल्लेख गरे ।
उक्त घटनापछि नेपाली विद्यार्थीलाई विश्वविद्यालयबाटै निष्काशित गरिएको विषयमा पनि विश्वविद्यालयसंग कुरा गर्नुपर्ने उनले बताए । तत्काल सदनमा राख्नुपर्ने विषय राख्न खोज्दा सभामुखले समय नदिएको भन्दै उनले आक्रोश व्यक्त गरे ।
सांसद श्रेष्ठले सभामुखले संसदमा बोल्न खोज्दा पक्षपात गरेको समेत गुनासो गरे ।