काठमाडौँ– प्राइम कमर्सिय बैंक लिमिटेडको सोमबारे शाखाले मोरङको रतुवामाई नगरपालिकाका ६ वटा विद्यालयलाई वाटर डिस्पेन्सर वितरण गरेको छ ।


ADVERTISEMENT


बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्र्तगत नगरपालिकाका श्री महेन्द्र मावि, श्री हिमालय आधारभूत विद्यालय, श्री सरस्वती मावि, पाथिभरा आधारभूत विद्यालय, श्री जनता मावि र श्री रत्नडिक आधारभूत विद्यालयहरुलाई डिस्पेन्सर सहयोग गरेको हो ।


ADVERTISEMENT

# # #


कार्यक्रममा बैंकका प्रदेश क्लस्टर(१) का प्रमुख ऋषिराम भट्टराईको अध्यक्षता रहेको थियो। उनले बैंक सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षा र स्वास्थ्यमा निरन्तर योगदान दिइरहेको बताउँदै भने, ‘विद्यालयमा अध्ययनरत विद्यार्थीहरू स्वस्थ रहन सफा पानीको महत्त्व धेरै हुन्छ। यही सोचका साथ प्राइम कमर्सियल बैंकले यो कार्यक्रम अघि बढाएको हो।’

रतुवामाई नगरपालिका–१० का वडाध्यक्ष भुल बहादुर कार्की (आशिष) प्रमुख अतिथिको रूपमा रहेको थियो । उनले विद्यालयहरूलाई प्रदान गरिएको यो सुविधा विद्यार्थीहरूको स्वास्थ्य सुधारका लागि महत्वपूर्ण रहेको उल्लेख गर्दै भने, “बैंकको यस किसिमको सहयोग सराहनीय छ । विद्यार्थीहरूका लागि पिउने सफा पानी अनिवार्य छ, र यसले उनीहरूको स्वास्थ्यमा सकारात्मक प्रभाव पार्नेछ।”

यस्तै, कार्यक्रमका विशेष अतिथि क्लस्टर (१) का रिलेशनशिप म्यानेजर रूपक राज सुवेदीले बैंकले समाजलाई केन्द्रमा राखेर सेवा गर्दै आएको र आगामी दिनमा अझै वृद्धि गर्दै लैजाने बताए ।