काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा उम्मेदवारी नदिने भएको छ ।
त्रिभुवन विश्वविद्यालय अन्तर्गत सम्बन्धन र आंगिक क्याम्पसहरूमा ५ चैतमा हुन लागेको स्ववियु निर्वाचनमा रास्वपाले दलगत हुने गरी उम्मेद्वार खडा नगर्ने निर्णय गरेको हो ।
रास्वपाले विद्यार्थी संगठन नबनाउने नीति लिए अनुरुप स्ववियु निर्वाचनमा उम्मेद्वार खडा नगर्ने जनाएको छ । तर, उपयुक्त स्वतन्त्र उम्मेदवारलाई सघाउन आह्वान गरिने रास्वपाले बताएको छ ।