काठमाडौँ– नेपाल जनपद प्रहरी समूहको प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को पदका लागि बढुवा सिफारिस गरिएको छ।
गृह मन्त्रालय अन्तर्गत बढुवा सिफारिस समितिले आज प्रहरी नायब महानिरीक्षक (डीआईजी) जनक भट्टराईको नाम सिफारिस गर्दै सूची सार्वजनिक गरेको हो।
प्रहरी मुख्यालयमा सम्पन्न बढुवा समितिको बैठकपछि मापदण्ड अनुसार सिफारिस गरिएका कर्णाली प्रदेश प्रहरी कार्यालय, सुर्खेतका प्रहरी अधिकारी भट्टराईको नाम सूचीमा समावेश छ।
गृह मन्त्रालयको निर्णय अनुसार भट्टराईलाई प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा गर्न सिफारिस गरिएको हो।