काठमाडौं-  साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार परिसूचक नेप्से ८.८१ अंकले बढेर २६५१.२१ विन्दुमा पुगेको छ। अघिल्लो दिन सामान्य अंकले बढेको बजारले बिहीबार पनि सुधारलाई निरन्तरता दिएको हो।


ADVERTISEMENT


आज कुल ३ अर्ब ७२ करोड ४७ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। विभिन्न कम्पनीका १ करोड २ लाख २५ हजार ८७४ कित्ता सेयर किनबेच भएका छन्।


ADVERTISEMENT

# # #


बिहीबार कारोबार भएका कम्पनीमध्ये १७१ कम्पनीको सेयर मूल्य बढेको छ भने ८६ कम्पनीको घटेको छ। १९ कम्पनीको सेयर मूल्य स्थिर रह्यो। यस्तै, १३ उपसमूहमध्ये १० वटा उपसूचक बढेका, दुई वटा घटेका र एउटा स्थिर रहेका छन्।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.९७ अंकले बढेर ४६४.५९ विन्दुमा पुगेको छ। फ्लोट परिसूचक ०.६० अंक र सेन्सेटिभ फ्लोट परिसूचक ०.३६ अंकले बढेको छ।

समग्रमा बजारमा खरिदकर्ताको सामान्य चाप देखिए पनि कारोबार रकम अझै मध्यम स्तरमै रहेको छ। नेप्सेमा लगातार सुधार देखिएसँगै आगामी कारोबारमा बजारले थप गति लिन्छ वा पुनः दबाबमा आउँछ भन्ने विषय लगानीकर्ताको चासोको विषय बनेको छ।