काठमाडौँ – सरकारले हवाई क्षेत्रमा सेवा प्रदायक र नियामक निकाय फरक–फरक बनाउने गरी तयार गरिएको विधेयक प्रतिनिधिसभामा प्रस्तुत गरेको छ ।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा संस्कृति, पर्यटन र नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले नेपाल हवाई सेवा प्राधिकरणको स्थापना र व्यवस्था गर्न बनेको विधेयक–२०८१ र नेपाल नागरिक उड्डयन प्राधिकरण सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक–२०८१ प्रस्तुत गरेका हुन् ।
नेपालको नागरिक उड्डयन सेवालाई अन्तर्रष्ट्रिय मापदण्ड अनुसारको बनाउन र हवाई सेवालाई भरपर्दो बनाउनका लागि विधेयक तयार गरिएको मन्त्री पाण्डले जानकारी दिए ।
यसअघि २०८१ पुस ५ गते शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले दुबै विधेयकलाई संसदमा पेश गर्ने निर्णय निर्णय गरेको थियो ।



























































