काठमाडौँ– नेपाल बीमा प्राधिकरणका नवनियुक्त अध्यक्ष शरद ओझाले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् ।


ADVERTISEMENT


मंगलबमार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा ओझाले उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल समझ पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् । ओझालाई हिजोको मन्त्रिपरिषद्को बैठकले बीमा प्राधिकरणको अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको थियो ।


ADVERTISEMENT

# # #


पूर्व पत्रकार ओझासंग सञ्चार, वकालत र कर्पोरेट क्षेत्रका अनुभव छ । व्यवस्थापनमा स्नातकोत्तर र कानुनमा स्नातक गरेका उनी प्राधिकरण अध्यक्षमा नियुक्त हुने हालसम्मकै कान्छा अध्यक्ष पनि हुन् । उनी ३३ वर्षका छन् ।