पोखरा- सञ्चार तथा सूचना प्रविधमन्त्री पृथ्वीसुब्बा गुरुङले साहित्य परिवर्तनको संवाहक रहेको बताएका छन् । ‘बुकवर्म फाउन्डेसन’को आयोजनामा आजदेखि पोखरामा सुरु भएको १२औँ नेपाल साहित्य महोत्सवको उद्घाटन गर्दै उनले साहित्य अभिव्यक्तिको सशक्त माध्यम भएको बताए ।


ADVERTISEMENT


भूपी शेरचनको कृति ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ पढेर आफू क्रान्ति र परिवर्तनप्रति आकर्षित भएको सञ्चारमन्त्री गुरुङले बताए। उनले बुकवर्मले आयोजना गर्दै आएको साहित्य महोत्सव बहुआयमिक कार्यक्रम रहेको बताए ।


ADVERTISEMENT

# # #


‘यहाँ समाज, संस्कृति, अर्थतन्त्र, राजनीतिलगायतका विषयमा विचार–विमर्श हुन्छ, यसबाट सामाजिक रूपान्तरणमा योगदान पुग्छ,’ सञ्चारमन्त्री गुरुङले भने, ‘यो अन्यभन्दा नितान्त नौलो र सिर्जनशील कार्यक्रम हो ।’ उनले नयाँ पुस्तालाई अनुसन्धान र सिर्जनशीलतातर्फ आकर्षित गर्नुपर्ने बताए ।

सञ्चारमन्त्री गुरुङले पुस्तक पढ्ने संस्कृतिलाई बढाउनुपर्ने बताए । पोखरामा पर्यटकीय गतिविधि बढाउन यस्ता मेला–महोत्सवबाट सघाउ पुग्ने उनको भनाइ थियो ।