काठमाडौँ – परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले हमासको नियन्त्रणमा रहेका नेपाली युवा विपिन जोशीको अवस्थाबारे यथार्थ जानकारी प्राप्त हुन नसकेको बताएकी छन् ।


ADVERTISEMENT


संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदको ५८ औँ उच्चस्तरीय सत्रमा भाग लिइ शुक्रबार स्वदेश फर्किएपछि त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसंग कुरा गर्दै मन्त्री राणाले विपिन जोशीको यथार्थ जानकारी प्राप्त हुन नसकेपनि रिहाइका लागि भने पहल गरिरहेको बताएकी हुन् । हमासको कब्जामा नेपाली रहेको भए रिहाइका हुने आश्वासन अन्तराष्ट्रिय जगतबाट पाएको उनले बताइन् । विपिन जोशीको रिहाइका लागि अधिकतम कुटनीतिक पहल गरेको उल्लेख गरिन् ।


ADVERTISEMENT

# # #


त्यस्तै उनले उच्चस्तरीय सत्रमा नेपाललाई मानवअधिकार परिषदको सदस्यमा मत दिन आग्रह गरिएको जानकारी दिइन् । मानवअधिकारको रक्षा र प्रवर्धनमा नेपालको प्रतिवद्धताका विषयमा जानकारी गराइएको उनले बताइन् ।

उनले जेनेभामा रहदा विभिन्न देशका विदेशमन्त्रीहरुसंग महत्वपूर्ण द्विपक्षीय भेटवार्ता भएको जानकारी दिइन् । मन्त्री डा देउवा ६ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गत शनिबार जेनेभा पुगेकी थिइन् ।