काठमाडौँ – नित्याशिवा र राज निरौलाको स्वरमा ‘नाटक नपार’ बोलको गीतको भिडियो ओएस.आर डिजिटलबाट रिलिज भएको छ ।
उक्त गीतमा बाबुल गिरीको संगीत र शंकर अधिकारी घायलको शब्द रहेको छ । मायामा नाटक गर्नु हुन्न भन्ने मूल आसय बोकेको गीतमा टिकटकबाट चर्चा कमाएका सरोज प्रजा र नव नायिका ज्योति खडकाको अभिनय रहेको छ ।
चक्रबहादुर बरालको छायांकन, मदन न्यौपानेको श्रीङार, राजेश कुमारको सम्पादन, राजन महर्जनको नृत्य रहेको गीतमा गीतकार शंकर अधिकारि घायल कै निर्देशन रहेको छ ।
भिडियो हेर्नुहोस् :