काठमाडौँ – काठमाडौँ महानगरपालिकाका नगरप्रमुख (मेयर) बालेन्द्र साह (बालेन)ले भ्रमको खेतिमा पीएचडी पाउन मिल्ने हो भने अहिलेको सरकारलाई दिए हुने अभिव्यक्ति दिएका छन् ।


ADVERTISEMENT


संघीय सरकारले महानगरमा प्रमुख कार्यकारी अधिकृत नपठाएको सन्दर्भमा सोमबार सामाजिक सञ्जालमार्फत एक स्टाटस लेख्दै मेयर बालेनले आफूविरुद्ध जति भ्रम फैलाए पनि सुशासनका लागि जोसुकैसँग लड्न तयार रहेको बताएका हुन् । उनले सरकारले नै महानगरमा कार्यकारी टिक्दैननन्, काठमाण्डौँमा कार्यकारी जना मान्दैनन्, ऐनले पालिकालाई नै निमित्त तोकेर काम गर्ने अधिकार दिएको छ लगायत भनेर भ्रम फैलाएको बताएका छन् ।


ADVERTISEMENT

# # #


उनले महानगरमा आफू आएदेखि अहिलेसम्मको ४ जना कार्यकारी हटेको र त्यसमध्ये २ जनालाई भ्रष्टाचारमा मुछिएकाले आफूहरुले हटाएको र २ जनाले राम्रो काम गर्दागर्दै पनि महानगरलाई नसोधेरै सरकारले नै हटाएको बताएका छन् । उनले भनेका छन्, ‘४ मध्ये २ लाई हटाउनुको कारण उनीहरू भ्रष्टाचारमा संलग्न रहेको भनेर हो । के कार्यकारी टिक्छन् भन्ने देखाउन हामीले भ्रष्टहरूलाई संरक्षण गरिराख्नु पर्ने हो ? २ जनालाई सरकारले हटाएको हो, त्यो पनि महानगरलाई जानकारीसमेत नदिएर ।’

कर्मचारी जान मान्दैनन् भनेर सरकारले निरीहता प्रदर्शन गरेको बालेनले बताएका छन् । उनले भनेका छन्, ‘आफ्नो कर्मचारीमा नियन्त्रण नभएको, कर्मचारीको विश्वासमा यतिसम्म गिरेको सरकारले समृद्धि ल्याइदिन्छ भनेर हामीले पत्याइदिनु पर्ने ?’ साथै मेयर बालेनले भ्यू टावरको नक्सा पासको स्वीकृतिमा भ्रष्टाचार गरेको आरोप लागेको प्रमुख प्रशासकीय अधिकृतमाथिको छानबिनको रिपोर्ट कार्ड नै नबनेकाले लुकाइयो भन्नु अर्थहीन रहेको उनले बताएका छन् ।

आफूले प्रमुख प्रशासकीय अधिकृत पठाइदिन पटकपटक चिठी लेखेको र आधिकारिक संयन्त्रबाट सम्पर्क गरेकोस्मरण गराउँदै उनले सामान्य प्रशासन मन्त्रीलाई थप समन्वयन, विधि र जिम्मेवारी नखोज्न आग्रह समेत गरेका छन् । उनले भनेका छन्, ‘मन्त्रीसँग समन्वयन गर्नु भनेको के हो रु पत्र लेख्ने, आधिकारिक संयन्त्रबाट सम्पर्क गर्ने, त्यहि होइन ? विधि र वैधानिकतालाई समन्वयनसमेतको मान्यता नदिएर के व्यक्तिगत अन्तरंगमात्र खोजेको हो सरकारले ?’

प्रधानमन्त्री केपी शर्माओलीलाई सम्बोधन गर्दै आफू प्रधानमन्त्रीको दुश्मन नभई विकासको साझेदार भएकाले पूर्वाग्रहबाट मुक्त रहेर महानगरका विकासमा साझेदारी गर्न अपिल समेत गरेका छन् । ‘प्रधानमन्त्री केपी ओलीज्यू, हामी तपाईका दुश्मन होइनौँ, विकासका साझेदार हौँ । हामीले गरे जति विकासका सबै काम पनि तपाईकै कार्यकालमा भएका हुन् भनिदिउँला । तर त्यसो भन्दा पत्याउने बनाउन आग्रह, पुर्वाग्रहबाट मुक्त भएर विकासमा साझेदारी गरि त्यो दाबी गर्न सक्ने ल्याकत बनाउने जिम्मा तपाईकै हो ।’ उनले भनेका छन्, ‘अनि जति भ्रम फैलाए पनि, हामी तपाईको भ्रष्ट कार्यकर्तासँग झुक्दैनौँ । महानगरलाई जतिसुकै नाकाबन्दी लगाउनुहोस्, नियतमा फरक पर्दैन । अहिलेका लागि देशमा आवश्यक सबै भन्दा ठुलो कुरा सुशासन हो । भ्रष्टहरूविरूद्धको लडाइँ हो । सुशासनका लागि जोसँग जुध्नु परे तयार छु, तर सम्झौता गर्दिन । सुशासन कायम गरेरै छोड्छु ।’