काठमाडौँ – एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको शाखा कार्यालय लङडीद्वारा ३ दिने आधारभूत बाख्रापालन तालिम आयोजना गरेको छ । वित्तीय संस्थामा लघुवित्त कार्यक्रम अन्तर्गत समूहमा आवद्ध भएका सदस्य तथा सदस्यको अभिभावकहरुको उद्यमशीलता प्रवर्धन, व्यावसायिक ज्ञान, सीप सम्बन्धी क्षमता अभिबृद्धि गर्ने उद्देश्यका साथ उक्त कार्यक्रम गरिएको हो ।


ADVERTISEMENT


उक्त कार्यक्रममा उपप्रदेशका अनुगमन प्रमुख, शाखाका शाखा प्रमुखको साथै धोबिनी गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष आभास आलम चुरिहारको समेत उपस्थितिमा उद्घाटन गरी सुरुवात भएको थियो । उद्घाटन कार्यक्रममा वर्ड अध्यक्ष चुरिहारले सदस्यहरुलाई तालिम दिएर एनआईसी एशिया लघुवित्तले अरु कुनैले पनि गर्न नसकेको काम गरेको भन्दै प्रशंसा गरे ।


ADVERTISEMENT

# # #


कार्यक्रमको पहिलो दिनमा विशेषतः लङडी शाखा अन्तर्गत सामान्य रूपमा बाख्रापालन गरिरहेका ६८ जना महिला पुरुष सेवाग्राही सदस्यहरूको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागीहरूले आधुनिक बाख्रा पालन सम्बन्धी प्राविधिक ज्ञान सीप, साधारण व्यावसायिक योजना, उद्यमशीलता सम्बन्धी व्यावसायिक आधारभूत ज्ञान सिप सिक्ने अवसर प्राप्त गरेका थिए । उक्त तालिममा विगत लामो समय देखि अनुभव र ज्ञान प्राप्त प्रशिक्षक प्यामु प्रसाद कुश्वाहाले बाख्रा पालन सम्बन्धी सैद्धान्तिक तथा व्यावहारिक ज्ञान सीप प्रदान गर्नुको साथै बाख्रापालन गर्दा बाख्राको उचित हेरचाह, खानपान, रोग प्रतिरोधात्मक उपाय, उत्पादन वृद्धिमा ध्यान पुर्याउनु पर्ने जस्ता कुराहरुमा विशेष जानकारी गराए ।

साथै, पेशा व्यवसाय सम्बन्धी साधारण लेखा व्यवस्थापन, व्यावसायिक योजना सम्बन्धी आधारभूत ज्ञान प्रदान गर्दै व्यावसायिक रुपमा बाख्रा पालन गर्न प्रोत्साहित गए । प्रशिक्षणमा सहभागीहरूले आफ्नो दीगो व्यवसाय बृद्धि गर्नको लागि उक्त व्यवसायको आय–व्ययलाई प्रभावकारी रूपमा लेखा जोखा गर्नु अपरिहार्य रहेको समेत बताए ।

तीन दिने तालिमले सहभागीहरुमा आधारभूत व्यवसायिक ज्ञान सीप मात्र सीमित नभई महिलाहरुमा पनि व्यवसाय सञ्चालन गर्नका लागि उत्प्रेरित गरेको उनले बताए । एक सहभागीले भनिन्, ‘परम्परागत तरिकाले मात्र बाख्रा पालन गर्न खोज्दा आर्थिक समृद्धि हासिल गर्न निकै गाह्रो हुदो रहेछ, बाख्रा पालन गर्दा सामान्य जानकारी प्राप्त गर्न सक्दा कहिले काहिँ सामान्य रोगको पहिचान गर्न सक्दा अकस्मात् पशु मर्दा हुने क्षतिबाट बचाउन सकिदो रहेछ भन्ने कुराको ज्ञान समेत प्राप्त भयो ।’

हरेक घरपरिवारले कुनै न कुनै व्यवसाय सञ्चालन गर्न सके सबैको घर परिवारमा स्वःरोजगार सिर्जना भई विस्तारै लघुउद्यम तर्फ विकास हुन पुग्ने भएकाले देशको आर्थिक सामाजिक विकास तथा गरीवि न्यूनीकरणमा लघुवित्तको ठूलो योगदान पुग्ने , महिलाहरुमा लघुउद्यमी बनी आत्मनिर्भर भई समृद्ध सुखि र खुसि परिवार बनाउन सकिन्छ भन्ने सन्देश तालिमले दिएको अर्को सहभागीले बताइन् ।

वित्तीय संस्थाले देशै भरी रहेका सम्पूर्ण शाखाहरुमा आवद्ध सदस्य तथा सदस्यका अभिभावकलाई समेत क्रमशः आधारभूत तथा व्यावसायिक तालिममा सहभागी गराई लघुउद्यमी निर्माण गर्दै जाने योजना रहेको यसै संस्थाका प्रमख कार्यकारी अधिकृत चोलराज शर्मा जोशीले जानकारी गराए ।

‘सदस्यलाई यस प्रकारको तालिम दिँदा संस्थाको खर्च नभई लगानी हुने र यसले अन्ततः वित्तीय संस्था तथा सदस्य दुवैलाई फाइदा पुग्दछ ।’ उनले भने, ‘जसले गर्दा वित्तीय संस्थाको कार्यक्रममको दीगोपना र सदस्यहरुको घर घरमा उद्यमशिलताको संस्कार बन्न गई आय आर्जनमा बृद्धि हुन जाने हुँदा संस्था र सदस्यको सम्बन्धमा आत्मीयता बढ्न गई सुमधुर सम्बन्ध स्थापित हुन पुग्दछ ।’

यस प्रकारका कार्यक्रम आयोजना गर्दै जाँदा सदस्यहरुको संस्था प्रति र संस्थाको सदस्य प्रतिको विश्वास झन बढ्न जाने कुरामा विश्वस्त रहेको प्रमुख कार्यकारी अधिकृतले जानकारी दिए।