कर्णाली– एनआईसी एशिया लघुवित्त वित्तिय संस्था लिमिटेडले नियमित किस्ता तिरेर कर्जा चुक्ता गर्ने व्यक्तिलाई प्रोत्साहन स्वरुप रकम प्रदान गरेको छ ।


ADVERTISEMENT


कर्णाली प्रदेश अन्तर्गत चौकुने शाखा कार्यालयमा लिएको कर्जाको नियमित किस्ता तिरेर कर्जा चुक्ता गरेको भन्दै संस्थाले धनसरा साउदलाई प्रोत्साहन रकम प्रदान गरेको हो ।


ADVERTISEMENT

# # #


साउदले गत मंसिरमा संस्थाबाट ५० हजार रुपैयाँ कर्जा लिएकी थिइन् । सो पश्चात् उनले नियमित कर्जा तिरेको भन्दै प्रतिहजार १५ रुपैयाँको दरले संस्थाले उनलाई ७५० रुपैयाँ प्रोत्साहन रकम प्रदान गरेको हो । उक्त अवसरमा साउदलाई टीका लगाई सम्मानित गर्दै संस्थाले कर्जा समयमै चुक्ता गरेकोमा बधाई समेत ज्ञापन गरे ।

संस्थाले ‘लिएको कर्जा सदुपयोग गरी आम्दानी वृद्धि गरौं, नियमित किस्ता तिरी वित्तीय अनुशासन कायम गरी असल संस्कार सन्ततिमा हस्तान्तरण गरौं’, भन्ने मूल नाराका साथ प्रदेशका विभिन्न स्थानमार्फत सेवा प्रदान गर्दै आएको छ ।