काठमाडौँ – राष्‍ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि ६ देशका राजदूतले ओहोदाको प्रमाणपत्र पेस गरेका छन् । बिहीबार राष्ट्रपति भवन शितल निवासमा बिभिन्न ६ देशका नवनियुक्त राजदूतले छुट्टाछुट्टै रुपमा आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका हुन् ।


ADVERTISEMENT


ओहोदाको प्रमाणपत्र पेस गर्नेमा गणतन्त्र गिनी, गणतन्त्र गुगाण्डा, बोस्निया तथा हर्जगोभिना, गणतन्त्र ग्वाटेमाला, इटाली र ग्रीसका गैरअवासीय राजदूत रहेका छन् । उक्त समारोहमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीको उपस्थिति रहेको थियो ।


ADVERTISEMENT

# # #