धादिङ – जिल्ला स्थित नवनिर्मित प्रहरी चौकी सेमजोङको सुद्घाटन सफल भएको छ ।
बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री सुरज चन्द्र लामिछानेको प्रमुख आतिथ्यमा नयाँ प्रहरी चौकी सेमजोङको भौतिक संरचनाको समुद्घाटन सम्पन्न भएको हो।
समारोहमा बोल्दै बागमती प्रदेश सरकारका मन्त्री लामिछानेले प्रहरी चौकीको महत्व र यसको सुरक्षा व्यवस्था सुदृढ गर्ने भूमिका के हो भन्ने बारेमा विचार व्यक्त गरे। उनले बागमती प्रदेशको सुरक्षा सुधार र स्थानीय सुरक्षा व्यवस्था सुधारका लागि सरकारले सदैव प्रतिबद्ध रहेको बताए।
समुद्घाटन कार्यक्रममा नेत्रावती डबजोङ गाउँपालिकाका अध्यक्ष र उपाध्यक्ष, प्रमुख जिल्ला अधिकारी, बागमती प्रदेश प्रहरी प्रमुख, जिल्ला सुरक्षा समिति धादिङका पदाधिकारीहरू, स्थानीय सरकारी कार्यालयका प्रमुख र प्रतिनिधिहरू, जनप्रतिनिधिहरू, सिनियर प्रहरी अधिकृतहरू, पूर्व प्रहरी कर्मचारीहरू र विभिन्न संघसंस्थामा आवद्ध प्रमुख र प्रतिनिधिहरूको उपस्थिती रहेको थियो।