काठमाडौँ – राष्ट्रियसभा सदस्यहरुले राजावादीहरुको प्रदर्शनलाई नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।


ADVERTISEMENT


आइतबार राष्ट्रियसभाको बिशेष समयमा बोल्दै उनीहरुले संविधान बिपरित राजसंस्था फर्काउने भन्दै अराजक गतिविधि भइरहेको भन्दै यसलाई नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् ।


ADVERTISEMENT

# # #


राष्ट्रियसभा सदस्य जगप्रसाद शर्माले राजाको वंश विनाश गरेकाहरुले नै राजा फर्काउने नाटक मञ्चन गरिरहेको तर्क गरे । संविधान र व्यवस्थाविरुद्धको हर्कतलाई सरकारले नियन्त्रण गर्न नसकेको उनले बताए । शर्माले देशमा बढिरहेको अराजकता, संविधानविरुद्धको हर्कत सरकारले तुरुन्त नियन्त्रण गर्न माग गरे ।

उनले भने, ‘जसले राजाको वंश विनाश गरेका हुन्, तिनैले राजा फर्काउने नाटक मञ्चन गरिरहेका छन् । यो संविधान विरोधी, व्यवस्था विरोधी, संघीयता विरोधी, यो अराजकतालाई नियन्त्रण गर्न आवश्यक छ ।’

त्यस्तै राष्ट्रियसभा सदस्य जयन्तीदेवी राईले प्रतिगामी तत्वहरु सक्रिय भएर संविधानको उलंघन गर्दै अधिकार खोस्ने प्रयास भइरहेको भन्दै सजक बन्नुपर्नेमा जोड दिइन् । मसानघाटमा पु¥याएको राजतन्त्र कुर्लिरहेको भन्दै यसलाई नियन्त्रण गर्नुपर्ने उनले बताइन् ।

‘फेरि पनि प्रतिगामी तत्वहरु कुर्लिँदैछन्, ब्यूँझिँदैछन् र आज संविधानको उल्लंघन गर्न खोजिरहेका छन् । ६७–६८ वर्षसम्म हामीले लडेर ल्याएका अधिकार फेरि पनि खोस्न चाहदैछन् ।’ उनले भनिन्, ‘आज फेरि पनि नेपाली जनताको लागि अफापसिद्ध छ भनेर हामीले मसानघाट पुर्याएको राजतन्त्र कुर्लिरहेको छ । यसमा हामी सचेत हुनुपर्छ ।’

त्यस्तै अन्य सदस्यहरुले मुलुकमा प्राप्त अधिकार गुम्न नदिनका लागि राष्ट्रियसहमति कायम गर्नुपर्नेमा जोड दिएका थिए । बैठकमा प्रधानमन्त्रीका तर्फबाट उपप्रधान एवं अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको बार्षिक प्रतिवेदन सभासमक्ष पेश गर्नुभएको थियो । राष्ट्रियसभाको अर्को बैठक चैत्र ४ गते बोलाइएको छ ।