• प्रदेश १
  • मधेश प्रदेश
  • बाग्मती
  • गण्डकी
  • लुम्बिनी
  • कर्णाली
  • सुदूरपश्चिम
  • प्रिति-युनिकोड


Himalaya Post
  • गृहपृष्ठ
  • राजनीति
  • अर्थ/बैंकिङ
  • अन्तर्वार्ता
  • खेलकुद
  • मनोरन्जन
  • विश्व
  • | English Edition |

Select Page


नसर्ने रोगका प्रमुख कारण सूर्ति तथा मदिराजन्य पदार्थ

फाल्गुन २६, २०८१ |

नसर्ने रोगका प्रमुख कारण सूर्ति तथा मदिराजन्य पदार्थ

768
SHARES
ShareTweet

काठमाडौँ – सूर्ति तथा मदिराजन्य पदार्थको प्रयोग शरीरका लागि अति घातक रहेको विज्ञहरुले बताएका छन् ।


ADVERTISEMENT


नसर्ने रोगको प्रमुख कारण सूर्ति तथा मदिराजन्य पदार्थ रहेको र यसको सेवनले अति घातक रोग निम्तिरहेको विज्ञहरुले बताएका हुन् । “सूर्तिजन्य तथा मदिराजन्य पदार्थ प्रयोगको अवस्था, यसको प्रभाव र नियन्त्रण तथा नियमनसम्बन्धी स्वास्थ्य क्षेत्रका सञ्चारकर्मीहरुसँग छलफलमा क्यान्सर रोग विशेषज्ञ प्रा डा विवेक आचार्यले सूर्तीजन्य पदार्थको सेवनले स्वास्थ्यमा गम्भीर असर पुर्याउने बताए ।


ADVERTISEMENT

# # #


उनले भने, “सूर्तिजन्य पदार्थले १२ देखि १३ प्रकारका क्यान्सर गराउँछ । यो एकदमै घातक हो । मुटुरोग, मष्तिष्कघात, फोक्सोको समस्या आदि यसले निम्त्याउन सक्छ । यसले स्वास्थ्यमा असर पार्नुका साथै आर्थिक भार थपेको छ ।”

उनले वयस्कमा चुरोट सेवनको लत बढिरहेको बताउँदै नेपालमा अबको २० देखि ३० वर्षमा क्यान्सर खेप्न नसकिने अवस्थामा देखिने बताए । “सूर्तीजन्य पदार्थको कानुन कार्यान्वयन गर्न सकेका छैनौँ । क्यान्सर बढ्दो अवस्थामा छ । अहिले नै रोकथाममा सम्बोधन नगरेपछि भयावह स्थिति आउन सक्छ”, उनले भने ।

राष्ट्रिय स्वास्थ्य, शिक्षा, सूचना तथा सञ्चार केन्द्रका वरिष्ठ जनस्वास्थ्य प्रशासक उपेन्द्र ढुङ्गानाले विश्वमा मदिराको हानिकारक प्रयोगका कारण हरेक वर्ष ३० लाख मानिसको मृत्यु हुने बताए । उनले भने, “मदिराको प्रयोगले दुई सय भन्दा बढी रोग र चोटपटक लाग्ने अवस्था निम्त्याउँछ । यसले अकालमा मृत्यु गराउने र जीवनशैलीमा ह्रास ल्याउँछ ।”

मदिराको उपलब्धतामा भएका प्रतिबन्धलाई बढावा दिने, स्क्रिनिङ सहजताका साथै उपचारमा पहुँच, विज्ञापन, प्रायोजन तथा पदोन्नतिमा व्यापक प्रतिबन्ध, अन्तःशुल्क तथा मूल्य निर्धारण नीतिमार्फत मदिराजन्य पदार्थमा मूल्य वृद्धि गर्नुपर्ने उनको भनाइ छ ।

केन्द्रका निर्देशक डा केशवराज पण्डितले नसर्ने रोगको भारको मुख्य कारकमध्ये सूर्तिजन्य तथा मदिराजन्य पदार्थ रहेको बताए । उनले यी सम्बन्धी बनेका कानुन कार्यान्वयनमा समन्वय आवश्यक रहेको बताए । रासस

#











#



#

#
#

#



#

#

Share:

Rate:

Previousनबिल एसएसई फेलोसिप कार्यक्रमको आवेदन खुला, यसरी दिनुस् आवेदन
Nextमुद्रास्फीति चार दशमलव १६ प्रतिशत

ताजा खबर

  • सुनसरी हिंसाप्रति रविको चिन्ता, दोषीलाई कारबाही र पीडितलाई राहत दिन सरकारसँग माग
  • २३ सांसदको समर्थनसहित कर्णालीको मुख्यमन्त्रीमा मंगलबहादुर शाहीको दाबी
  • नेपाल टेलिकमको ‘मनसुन अफर २०८३’ सार्वजनिक, कम मूल्यमा बढी डेटा र अनलिमिटेड भ्वाइस सुविधा
  • दक्षिण एसियाको इन्टरनेट पूर्वाधार सुदृढ बनाउन एपीनिक र सानोगबीच रणनीतिक समझदारी
  • कुलमान घिसिङको आरोप– सरकार प्रचारमा केन्द्रित, जनताका समस्या ओझेलमा

#
#

#
#
#
#
#
#
#
#
#
#
#
#
#
#
#
#
#
#
#
#
#

हिमालय पोष्ट

प्रकाशक –

लजिक मिडिया प्रा.लि.

ठेगाना – काठमाण्डौ – ४ , बालुवाटार
फोन नं. – +977-1-5705523
www.himalayapost.com

सूचना विभाग दर्ता प्रमाणपत्र नं. १७२ / ०७३ – ७४

ईमेल –
[email protected], [email protected], [email protected]

लजिक मिडियाद्वारा सञ्चालित हिमालय पोष्ट अनलाईन न्यूज पोर्टलका लागि :

अध्यक्ष / प्रधान सम्पादक – लोमस चापागाई

प्रबन्ध निर्देशक / सम्पादक – मिलन भण्डारी

डेस्क सम्पादक – रामचन्द्र पाण्डे

लेखकहरु –
डा. सुरेन्द्र झा
यादबकुमार भट्टराई
गोबिन्द ज्ञवाली
कुसुम भट्टराई


हाम्रो बारे – सम्पूर्ण टिम

© Logic Media Pvt. Ltd. 2017-2025 | All Rights Reserved