काठमाडौँ– व्यवसायी दुर्गा प्रसाईंले कमल थापा र राजेन्द्र लिङ्देनले फ्रड काम गरेकाले मुलुकबाट राजसंस्था हटेको आरोप लगाएका छन् ।
मंगलबार आफ्नै निवास भक्तपुरमा पत्रकार सम्मेलन गर्दै प्रसाईंले २०७२ मा कमल थापा र राजेन्द्र लिङ्देनले हस्तक्षर गरेकै कारण मुलुकबाट राजसंस्था हटेको आरोप लगाएका हुन् ।
राजसंस्थालाई तिलाञ्जली दिएका थापा र लिङ्देनले अहिले धमिलो पानीमा माछा मार्न खोजेको उनले जनाए । प्रसाईंले आफ्नै कारणले अहिले पूर्वराजाको पक्षमा माहोल बनेको दावी गरे । आफु थापा र लिङ्देनको गोठाला नभएको भन्दै उनले आन्दोलन गर्न परे पूर्वराजासंग मिलेर गर्ने तर्क गरे ।
उनले अहिलेका लडाइमा सारथि भएर रथ चलाउन पूर्वराजालाई सुझाव दिदै आफु अर्जुनको भूमिकामा वाण चलाउने जिकिर गरे ।