काठमाडौँ– स्वास्थ्य बिमा बोर्डको कार्यकारी निर्देशक पदमा डा. रघुराज काफ्ले नियुक्त भएका छन् । सिफारिस समितिको सुझावका आधारमा छनोटमा परेका तीन जनामध्ये तनहुँका विकास अर्थशास्त्री डा. काफ्ले कार्यकारी निर्देशक नियुक्त भएका हुन् ।


ADVERTISEMENT


बोर्डमा रहँदा डा. काफ्लेले श्रमिक र आश्रित परिवारको हितमा विभिन्न कल्याणकारी कार्यक्रम सुरु गरेका थिए । राहत रकममा चार सय प्रतिशत वृद्धि तथा बीमामा शतप्रतिशत वृद्धि गर्ने निर्णय उनको नेतृत्वमा भएको थियो । गम्भीर रोगका लागि श्रमिक बिमा कार्यक्रम पनि उनैले सुरु गरेका थिए ।


ADVERTISEMENT

# # #


डा काफ्ले संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रममा एक दशक बढी वरिष्ठ अधिकारीका रुपमा कार्यरत उनी विकास रणनीति निर्माणमा संलग्न थिए छ । अर्थशास्त्रमा विद्यावारिधि डा. काफ्लेले लामो समय प्राध्यापनसमेत गरेका थिए ।