काठमाडौँ– नाडा अटो शो स्टलको रजिष्ट्रेसन आजदेखि खुला भएको छ ।
भदौ ३ गतेदेखि हुने नाडा अटो शो स्टलको रजिष्ट्रेसन आजदेखि खुला भएको नाडा अटोमोबाइल्स् एसोसिएसन अफ नेपालले जनाएको हो ।
प्रदशनीमा दुई पांग्रे, तीन पांग्रे, भार पांग्रे, लाइट कमर्सियल, अटो कम्पोनेन्ट्स एवम् ग्यारेज उपकरणहरु लगायत वित्तिय संस्था तथा इन्स्यारेन्सलाई समूह अनुसार छुट्याइएको हुँदा सोही अनुरुप रजिष्ट्रेशनको व्यवस्था मिलाइएको बताएको छ ।