काठमाडौँ– स्वास्थ्य सेवा विभागको महानिर्देशक डा. टङ्कप्रसाद बाराकोटीले पदबहाली गरेका छन् ।
शुक्रवार बिहान नियुक्त भएको पत्र बुझेका बाराकोटीले स्वास्थ्य सेवा विभाग पुगेर पदबहाली गरेका हुन् ।
पदबहालीको क्रममा उनले स्वास्थ्य कानूनअुनसार रहेर आफ्नो जिम्मेवारी पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
स्वास्थ्यमन्त्री प्रदीप पौडेलले मंगलबार मन्त्रिस्तरीय निर्णय गरी मन्त्रालयमा अतिरिक्त सचिव रहेका डा. बाराकोटीलाई महानिर्देशकको जिम्मेवारी दिएका हुन् ।
डा बाराकोटीले लामो समय काठमाडौं बाहिर बसेर सेवा दिएका छन्। उनी १२औं तहमा बढुवा भएपछि मात्र काठमाडौं आएका हुन्।