काठमाडौँ– नेपालका लागी टाटा मोटर्सको एकमात्र अधिकारिक वितरक, सिप्रदी ट्रेडिङले कलरफुल एक्सचेन्ज आयोजना गरिरहेको छ ।


ADVERTISEMENT


बुधबारसम्म आयोजना हुने यस कार्यक्रममा जुनसुकै ब्राण्डका पुराना गाडीहरु नेपालमा सर्वाधिक रुचाइएका टाटाका अत्याधुनिक प्रविधियुक्त इभी गाडीहरुसंग गाडीहरु साट्न सकिनेछ ।


ADVERTISEMENT

# # #


यो एक्सचेन्ज क्याम्प मार्च १९ तारिक सम्म टाटा मोटर्सको देशैभरी रहेका शोरुमहरुमा आयोजना भइरहेको छ। यस एक्सचेन्जमा सहभागी भएर ग्राहकहरुले इन्ट्री लेबलमा नेपालको सर्वाधिक रुचाइएको टियागो इभि, कम बजेटमा एसयुभीको आनन्द दिने पन्च इभि, अझै धेरै यात्रा गर्नेहरुको लागि नेक्सन के३ इभि र प्रिमियम एसयुभी कुपे कर्भ इभिमा आकर्षक डिलहरु पाउन सक्नेछन् ।

यस कलरफुल एक्सचेन्ज कार्यक्रममा गाडी किन्ने ग्राहकहरुले आकर्षक एक्सचेन्ज बोनस, सिप्रदीको चार्जिङ्ग नेटवर्कमा लाइफ टाइम निःशुल्क चार्जिङ्ग, १ वर्षको सवारी कर, एक्सेसरिज र हरेक बुकिङ्गमा आकर्षक गिफ्ट प्राप्त गर्नेछन् ।

यस कार्यक्रमको अवसरमा ग्राहकले टाटा मोटर्सको नयाँ तथा अत्याधुनिक डिजाइनका उत्पादनहरु अवलोकन तथा टेष्ट ड्राइभ गर्न सक्नेछन् । साथै, नयाँ गाडी खरिद गरेर भरपुर फाईदा उठाउन कम्पनीले अनुरोध समेत गरेको छ ।