काठमाडौँ– नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापालाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।


ADVERTISEMENT


मंगलबार गृहमन्त्रालयमा गृहसचिव गोकर्णमणि दुवाडीले नवनियुक्त प्रहरी महानिरीक्षक थापालाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले दिपक थापालाई ३१ औं आईजीपी नियुक्त गर्ने निर्णय गरेको थियो ।


ADVERTISEMENT

# # #


दज्र्यानी चिन्ह ग्रहण गर्दै महानिरीक्षक थापाले समाजमा देखिने राम्रा र नराम्रा, खराब र असल अनेक पात्र र पक्षको प्रतिबिम्बबाट नेपाल प्रहरी पनि मुक्त नरहेको भन्दै सुधार आवश्यक गर्ने प्रतिवद्धता जनाए ।

उनले आफु प्रहरीको सेवामा प्रवेश गरेदेखि नै निष्ठापूर्वक काम गरेको भन्दै संगठनको नेतृत्व गर्दा पनि निष्ठापूर्वक काम गर्ने प्रतिवद्धता जनाए । उनले संगठनभित्र कार्यक्षमताको उचित मूल्याङ्कन गर्ने र पूर्वाग्रही भावना नराखि समन्वयात्मक भूमिकाका लाग्ने प्रतिवद्धता जनाए ।

नवनियुक्त प्रहरी महानिरीक्षक थापालाई दज्र्यानी चिन्ह प्रदान गर्दै गृहसचिव दुवाडीले विभिन्न अपराधका घटनाबाट नयाँ चूनौती उत्पन्न भएकाले यसलाई सहज रुपमा समाधान गर्ने विश्वास व्यक्त गरे ।

उनले मुलुकको शान्तिसुरक्षा कायम गर्न मन्त्रालयबाट सदैव सकारात्मक सहयोग हुने बताए । थापाले २०५२ भदौ १९ गते नेपाल प्रहरीको निरीक्षक दर्जाबाट आफ्नो प्रहरी सेवा सुरु गर्नुभएको थियो ।