काठमाडौँ– रत्नराज्यलक्ष्मी (आरआर) क्याम्पसमा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले ताला लगाएको छ ।
अनेरास्वयिुले क्याम्पस प्रशासनले फर्जी कार्ड (नक्कली परिचयपत्र) जारी गरेको भन्दै सोमबार मध्यराति क्याम्पसको प्रवेशद्वारमै ताला तालाबन्दी गरेको हो ।
सबै तयारी सकिसकेको अवस्थामा अनेरास्ववियुले तालाबन्दी गरेकै कारण क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन अन्तिम चरणमा आएर स्थगित भएको छ ।
यससंगै क्याम्पसमा चुनावको माग गर्दै विद्यार्थी संघले विरोध प्रदर्शन गरेको छ । उनीहरुले रोकिएको चुनाव सञ्चालन गराउन माग गरेका छन् ।