जनकपुरधाम– सिरहामा माध्यमिक शिक्षा परीक्षा (एसईई)को पहिलो दिनै अंग्रेजी विषयको प्रश्न पत्र आउट भएको छ। परीक्षा सुरु भएको केही समयमै प्रश्न पत्र आउट भएको जानकारी प्राप्त भएको हो । यद्यपि तर प्रश्न पत्र कुन परीक्षा केन्द्रबाट लिक भएको भन्ने कुरा खुलेको छैन।
यस वर्ष परीक्षा केन्द्रहरूमा मोबाइल र अन्य चिटिङ सामग्री प्रयोगमा प्रतिबन्ध लगाइएको थियो । तर, यसका बाबजुद प्रश्न पत्र आउट भएको घटनाले परीक्षा सुरक्षा र मर्यादामा प्रश्न उठाएको छ।