काठमाडौँ– सिरहामा महायज्ञको गर्नै भन्दै एक दलित परिवारको घर भत्काइएको छ ।
यही चैत १७ गतेबाट सुरु गर्न लागिएको विष्णु महायज्ञका लागि स्थानीय दीपक मरिक (डोम) को घर भत्काइएको हो ।
दलित भन्दै त्यहाँको माटो समेत खनेर फ्याँकिएको पीडित परिवारको भनाइ छ । गाउँपालिकाका अध्यक्षकै नेतृत्वमा जातीय विभेदपूर्ण व्यवहार गरी गैरकानुनी हर्कत र अन्याय भएको पीडित उनीहरुको गुनासो छ ।
महायज्ञका बजरंगी बाबाले दलित परिवारलाई त्यहाँ राखे महायज्ञ नहुने भनेपछि पालिका अध्यक्ष शिवजी यादव र पूर्व वडाध्यक्ष दिलीप यादव मिलेर घर भत्काइएको स्थानीयको भनाइ छ । पीडित परिवार अहिले त्यहाँबाट विस्थापित भएको छ ।
औरही गाउँपालिकामा सरसफाइको काम गर्ने दीपक मलिक डोम र अनिता मलिक डोमले जागिरबाट निकालिने डरले उजुरीसमेत गर्न सकेका छैनन् ।
अछुत भन्दै डोम समुदायका दीपक र अनितासहित ७ जनाको परिवारलाई महायज्ञ हुने स्थानबाट करिब ५ सय मिटर पर एकान्त स्थानमा बाँसको अस्थायी घर बनाएर सारिदिएका छन् ।