काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा ओलीले शान्ति प्रक्रियाका बाँकी कामलाई टुंगोमा पुराउन सरकार प्रतिवद्ध रहेको बताएका छन् ।


ADVERTISEMENT


बिहीबार प्रतिनिधिसभाको बैठकमा सांसदहरुका प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री ओलीले संक्रमणकालीन न्यायसंग सम्बन्धीत आयोगहरुमा यथाशिघ्र पदाधिकारी नियुक्त गरेर शान्ति प्रक्रियाका बाँकी कामहरूलाई टुंगोमा पुराउन सरकार प्रतिवद्ध रहेको बताएका हुन् ।


ADVERTISEMENT

# # #


द्वन्द्वकालमा भएका घटनामा पीडित भएका व्यक्ति तथा परिवारले छिटो भन्दा छिटो न्याय प्राप्त गरुन भन्नेमा सरकार सचेत रहेको उनले जनाए । उनले विपक्षी दलसंग समेत छलफल गरेर यसलाई निष्कर्षमा पुराउने उल्लेख गरे । यस विषयमा छलफल गर्न आफुले प्रतिपक्षी दलका नेतासंग पटक पटक सम्पर्क गर्ने प्रयास गरेपनि सम्पर्क हुन नसकेको उनको भनाई छ ।

प्रधानमन्त्री ओलीले प्रचण्डसँग सम्पर्क हुनासाथ शान्ति प्रक्रियाका बाँकी काम अघि बढ्ने जिकिर गरे । त्यस्तै उनले नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (इपिजी) बुझ्ने बिषयमा भारतसंग कुटनीतिक पहलहरु भइरहेको उल्लेख गर्नुभयो । प्रधानमन्त्री ओलीले वर्तमान सरकारले राजनीतिक नियुक्ति योग्य र सक्षम व्यक्ति खोजेर नियुक्त गरेको समेत स्पष्ट पारे । उनले मुलुकमा बिकास निर्माणको कार्यपनि तीव्ररुपमा भइरहेको दावी गरे ।

प्रधानमन्त्री ओलीले बजारमा कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही गर्न बजार अनुगमन समिति सक्रिय बनाईएको भन्दै यसले मूल्यवृद्धि नियन्त्रणमा सहयोग पुराएको जिकिर गरे । उनले चालु आर्थिक वर्षको ७ महिनाको अवधिमा औसत उपभोक्ता मुद्रास्फीति ४ दशमलव १६ प्रतिशत रहेको जानकारी दिए । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति ५ दशमलव ०१ प्रतिशत रहेको उनले जनाए । त्यस्तै उनले युवाहरूलाई उद्यमशील बनाउन स्टार्टअप ऋण सहायता दिई यस वर्ष कम्तीमा पाँचसय उद्यमीलाई कर्जा प्रवाह गरिने बताए ।

उनले व्यक्तिगत तवरमा विदेश जानुलाई गौरवको विषय ठान्ने र सामाजिक रुपमा भने त्यसलाई नकारात्मक भाष्यमा बुझ्ने दोहोरो चरित्रका कारण नकारात्मक सन्देश गएको उहाले बताएो । प्रधानमन्त्री ओलीले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्‍चालन गर्न सरकारले सम्बद्ध निकायहरूसँग छलफल गरी कार्ययोजना बनाई कार्यान्वयन गरिरहेको समेत जानकारी दिए ।