काठमाडौँ – परराष्ट्रमन्त्री आरजु देउवा राणाले भारतीय पक्षले नेपालमा लोकतान्त्रिक प्रणाली नै चाहेको बताएकी छन् ।


ADVERTISEMENT


भारतको भ्रमण सकेर शुक्रबार स्वदेश फर्किएपछि त्रिभुवन विमानस्थलमा पत्रकार सम्मेलन गर्दै मन्त्री राणाले भारतीय पक्षसँग राजनीतिक विषयमा धेरै कुराकानी नभए पनि नेपालमा लोकतान्त्रिक प्रणाली नै चाहेको आफुले पाएको बताइन् । अहिले नेपाल सरकारसँग भारतीय निकायहरु जोडिरहेको भन्दै उनले सरकार नै परिवर्तन गर्ने आशय नदेखेको बताइन् ।


ADVERTISEMENT

# # #


परराष्ट्रमन्त्री राणाले भारतमा रहदा भारतलगाएत अन्यदेशका बिदेशमन्त्रीहरुसंग द्विपक्षीय हित तथा आपसी चासोका विषयहरुमा छलफल भएको जानकारी दिइन् । नेपाल र भारतबीच रहेका विभिन्न द्विपक्षीय संयन्त्रहरूको हालैका बैठकहरूमा भएका प्रगतिहरूको समिक्षा गर्दै अन्य संयन्त्रहरुलाई पनि थप क्रियाशील बनाउने र द्विपक्षीय सहयोगलाई अझ मजबुत बनाउने विषयमा समेत कुराकानी भएको उनले बताइन् ।

उनले नेपालमा देखिएको विद्युत अभावको समाधानको लागि पनि कूटनीतिक प्रयास गरेको र नेपालमा आपूर्ति हुने विद्युतको परिमाणमा वृद्धि गर्न अनुरोध गरेको धारणा राखिन् ।

त्यस्तै उनले अमेरिकाका राष्ट्रिय सुरक्षा परिषदका वरिष्ठ निर्देशक महामहिम रिक्की गिलसँग भएको भेटमा अमेरिकाले नेपाललाई दिदै आएको आवश्यक सहयोगको निरन्तरता हुन र विपिन जोशीको सकुशल रिहाईका लागि सहजीकरण गर्न आग्रह गरेको बताइन् ।

त्यसैगरी युक्रेनी समकक्षीसँगको भेटमा यूक्रेनमा यद्धबन्दीको रुपमा रहेका ७ जना नेपाली नागरिकहरूको तत्काल रिहाइ र स्वदेश फिर्ताको सहजीकरणका निम्ति गरेको अनुरोध गरिएको र तत्कालै आवश्यक प्रक्रिया सुरु गर्ने प्रतिवद्धता प्राप्त भएको पनि उनले जानकारी दिइन् । समग्रमा आफ्नो भ्रमणले भारत लगायत विभिन्न मित्र राष्ट्रहरुसँग रहेको द्विपक्षीय सम्बन्धलाई थप मजबुत र सुमधुर बनाउन मद्दत पुगेको उनको भनाइ छ ।