डुम्रे (तनहुँ)– तनहुँस्थित आन्तरिक राजस्व कार्यालयले चालु आर्थिक वर्षको आठ महिनामा रु आठ अर्ब ३१ करोड ९१ लाख राजस्व असुली गरेको छ । यो रकम निर्धारित लक्ष्यमा एक प्रतिशतले कम हो ।
कार्यालयलाई रु आठ अर्ब ४० करोड १७ लाख राजस्व असुली गर्ने लक्ष्य दिइएकामा ९९ प्रतिशत लक्ष्य पूरा भएको उक्त कार्यालयका प्रमुख लालबहादुर खत्रीले बताए । कार्यालयले चालु आवमा रु १४ अर्ब ९३ करोड ५४ लाख ६९ हजार असुली गर्ने लक्ष्य लिएको छ ।































































