काठमाडौँ– राजावादी समूहले काठमाडौँको जडीबुटीस्थित जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीमा आगो लगाएका छन् ।


ADVERTISEMENT


कर्मचारीहरु कार्यालयभित्रै कार्य सञ्चालन गरिरहेको अवस्थामा राजावादी समूहले तोडफोड र आगजनी गर्न सुरु गरेका छन् । त्यसपछि कर्मचारीहरूले भागेर ज्यान जोगाएको कम्पनीकी महाप्रबन्धक डा. संगीता यादवले बताएकी छन् ।


ADVERTISEMENT

# # #


आगजनी हुन थालेपछि प्रहरी, वन कार्यालय लगायत पहुँच भएका सबै ठाउँमा सहयोग माग्दा पनि आगो निभाउन पहल नभएको गुनासो यादवको छ ।

स्टोरमा प्रज्ज्वलनशील पदार्थहरू रहेको कारण आगलागी भए ठूलो विस्फोट हुने संभावना रहेको यादवले बताइन्। विस्फोट भए जुडीबुटी क्षेत्रमा व्यापक क्षति पुग्न सक्ने उनको भनाइ छ।