काठमाडौँ– तीनकुने झडपमा घाइते भएका एक युवकको मृत्यु भएको छ ।
शुक्रबार दिउँसो भएको राजावादीहरूको प्रदर्शनमा घाइते भएका युवकको महाराजगञ्जस्थित टिचिङ अस्पतालमा उपचारका क्रममा मृत्यु भएको गृह मन्त्रालयका सहसचिव छवि रिजालले जानकारी दिए ।
त्रिवि शिक्षण अस्पतालका निर्देशक डा. सुवास आचार्यका अनुसार महर्जन घाँटीमा गोली लागेर आएका थिए । ‘४स्३० बजे अस्पताल आउँदा नै मृत्यु भएको थियो । घाँटीमा गोली लागेको रहेछ,’ आचार्यले भने ।
मृत्यु हुनेमा कीर्तिपुरका २९ वर्षीय सविन महर्जन रहेका छन् । झडपमा घाइते भएका उनलाई तत्काल उपचारका लागि अस्पताल पु¥याइएको थियो ।