राकाठमाडौँ– काठमाडौँको तीनकुनेमा राजावादी प्रदर्शनकारीले आगो लगाएको घरभित्र एक व्यक्तिको शव जलेको अवस्थामा फेला परेको छ ।
प्रदर्शनकारीले आगजनी गरेको घरभित्र एकजना लिंगसमेत पहिचान नभएका व्यक्ति जलेर चिन्न नसकिने अवस्थामा मृत फेला परेको हो ।
ती व्यक्तिको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।
तीनकुनेको रोयल बैंक्वेट नजिकैको घरमा राजावादीहरुले शुरुमा तोडफोड गरेर त्यसपछि आगो लगाएका थिए ।
आगलागी नियन्त्राण्मा लिन आएको दमकललाई समेत आन्दोलनकारीले ढंगामुढा प्रहार गरेका थिए ।