काठमाडौँ– तीनकुनेस्थित आगजनी भएको घरमा मृत भेटिएका व्यक्ति पत्रकार भएको पुष्टि भएको छ ।
टेलिभिजनका लागि दृश्य खिच्ने क्रममा सो भवनको छतमा पुगेका एभिन्युज टेलिभिजनका पत्रकार सुरेश रजकको मृत्यु भएको हो । राजावादीहरूले तीनकुनेमा गरेको प्रदर्शनका क्रममा प्रहरीसँग झडप भएपछि एक भवनमा आगजनी भएको थियो। उक्त घटनापछि रजक सम्पर्कविहीन भएका थिए।
एभिन्युज टेलिभिजनका अर्का एक पत्रकारले सो घरभित्र आफ्नो साथी भएको जानकारी प्रहरीलाई दिँदादिँदै पनि उद्धार नभएको बताए । अहिले घटनास्थलमा एभिन्युज टेलिभिजनका अध्यक्ष भाष्करराज राजकर्णिकार पुगेका छन् ।