काठमाडौँ– नेपाली कांग्रेसले आन्दोलनरत शिक्षकहरूको माग सम्बोधन गर्न सरकारको ध्यानकर्षण गराएको छ ।


ADVERTISEMENT


कांग्रेसका केन्द्रीय शिक्षा विभाग प्रमुख नैनसिह महरले विज्ञप्ति जारी गर्दै विगतमा भएको सहमतिलाई आधार मानी आन्दोलनरत शिक्षकका मागहरूलाई सम्बोधन गर्न सरकार प्रमुखकै तहबाट शीघ्र वार्ता र संवादको पहल गर्न नेपाली कांग्रेसको शिक्षा विभागले सरकारलाई ध्यानाकर्षण गराएका हुन् ।


ADVERTISEMENT

# # #


विज्ञप्तिमा भनिएको छ, ‘उत्पन्न परिस्थितिको दीर्घकालीन निकासका लागि शिक्षक महासंघसँग यसअघि भएको सहमति र सम्झौतालाई आधार मानी आन्दोलनरत शिक्षकहरूका माग सम्बोधन गर्न सरकार प्रमुखकै तहबाट शीर्ष वार्ता संवादको पहल थाल्न माग गर्छु।’