काठमाडौँ– बल्खुमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) द्वारा आयोजित आमसभामा नेता र समर्थकको भिड बाक्लिँदै गएको छ ।
संवैधानिक राजतन्त्र र हिन्दू राज्य पुनस्थापनासहितका माग राखेर मंगलबार राप्रपाले प्रदर्शन गर्न लागेको सभाका समर्थकको भिड थपिने क्रम जारी छ ।
यसैबीच राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनसहितका नेता कार्यकर्ता पनि सभास्थल पुगेका छन् । आज उनी लगायत अन्य नेताहरुले सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
भृकुटीमण्डपमा आयोजना गर्ने भनिएको उक्त सभाका लागि प्रशासनले बल्खु क्षेत्र तोकेको हो। १२ बजेबाट सुरु हुने भनिएको सभा सुरु हुनुअघि नै बाक्लो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो ।
चैत्र १५ मा भएको दुर्गा प्रसाईँ नेतृत्वको राजावादी आन्दोलनमा तनाव स्थिती भएपनि सोही परिस्थिती नआओस् भन्ने पक्षलाई मध्यनजर गर्दै सरकारले आन्दोलनकारी उपस्थित हुनु अगावै प्रर्दनशन स्थलमा सुरक्षाकर्मी खडा गरिएको बुझिएको छ ।