काठमाडौँ– प्रधानमन्त्री केपी शर्मा आलीले परिवर्तन ल्याउने नाममा बितण्डा मच्चाउनेहरु कानुकानस् कारवाहीको दायरामा आउने बताएका छन् ।
मधेश प्रदेशसभालाई सम्बोधन गर्दै ओली चुनावमा जान नसक्ने एकथरी तत्वले आगजनी गरेर, ढुङ्गा हानेर, तोडफोड गरेर तथा निजी सम्पत्तिहरुमा बितण्डा मच्चाएरर परिवर्तन ल्याउँछु भनेर २–४ हजार मानिहरु लागिपरेको उनले बताएका हुन् ।
‘बितण्डा मच्चाएर परिवर्तन ल्याउँछौँ भनेर दुई–चार हजार मान्छेहरूको बितण्डा, यस्ता कुरालाई समाजले ग्रहण गर्दैन । स्वीकार्य हुँदैन’, उनले भने, ‘यो अत्यन्तै गलत क्रियाकलाप हो । जोसुकै भएपनि कानूनी कारवाहीको दायरामा आउँछ ।’
अहिलेको सरकारले कसैको आग्रह पूर्वाग्रहमा कारवाही नगर्ने बताउदैँ उनले कानुनभन्दा माथि कोही नहुने बताए । बाहिर हल्ला चलेजस्तो यो सरकारले प्रतिशोध, राजनीतिक सिद्धान्त, मान्यता र आचरणविपरीत काम नगरेको उनको जिकीर छ ।
सरकारको विषयमा बोल्दै उनले अघि थपे, ‘यो सरकार ढल्ने त कुरा छोड्नुस्, हल्लिने पनि हुँदैन ।’