काठमाडौँ– सर्वाेच्च अदालबाट सर्वस्वसहित जन्मकैदको फैसला सुनाइएका एक व्यक्ति १७ वर्षपछि पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा पर्साको विन्दबासिनी गाउँपालिका-२ का ६२ वर्षीय लोकनाथ साह तेली रहेका छन् ।
नेपाल प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक सुधिरराज शाहीका अनुसार तेलीलेढोडा मुखिया विनलाई जग्गासम्बन्धी विवादको विषयमा छलफल गर्न बोलाएर गोली प्रहार गरी हत्या गरेका थिए। हत्यापछि साह तेली फरार भइ लुकीछिपी बसेका थिए।
अनुसन्धानका क्रममा साह तेली भारतको चम्पारण पिपरिया स्थित रामजानकी मन्दिरमा पुजारीको भेषमा १० वर्षसम्म लुकी बस्दै आएको खुलासा भएको छ ।
वीरगञ्जबाट सोमबार साधुको भेषमा पक्राउ परेका साहलाई फैसला कार्यान्वयनका लागि आज मंगलबार जिल्ला अदालतमा पेस गरिएको ब्यूरोले जनाएको छ ।


























































