काठमाडौँ– आफ्ना मागको सुनुवाई नभएपछि नेपाल शिक्षक महासंघले आन्दोलन जारी राखेका छन् ।


ADVERTISEMENT


विद्यालय शिक्षा ऐन जारी गर्न माग राख्दै महासंघले आइतबार १२ औं दिन पनि माइतिघर–बबरमहल क्षेत्रमा धर्ना दिएका हुन् ।


ADVERTISEMENT

# # #


आफुहरुसंग भएका सहमतिका आधारमा यथाशिघ्र विद्यालय शिक्षा ऐन जारी गर्नुपर्ने भन्दै महासंघले निरन्तर आन्दोलन गरिरहेको छ । शिक्षकहरुको मागलाई सम्बोधन गर्ने प्रयास सरकारले गरेपनि कुनै निकास भने निस्कन सकेको छैन ।

आफुहरुको एकबुँदे माग पुरा हुने अवस्था सिर्जना नभएसम्म आन्दोलन नरोकिने महासंघले स्पष्ट पारेको छ ।